कोरोना भाइरसले पछिल्लो २४ घण्टामै २२ जनाको ज्यान लियो


टुडेखोज, जनकपुरधाम : कोरोना भाइरसले पछिल्लो २४ घण्टामै २२ जनाको ज्यान लिएको छ । मृतकमध्ये ५ महिला र १७ पुरुष रहेका छन् ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६६ वर्षीया महिलासहित ४ जना पुरुष र भक्तपुरका २ जना पुरुषको कोरोनाले ज्यान गएको छ । यस्तै ललितपुरका १ जना पुरुष, सुनसरीका १ महिला र १ पुरुष, धनकुटाकी १ महिला, सर्लाहीका १ पुरुषको ज्यान गएको छ ।

यस्तै नुवाकोटका १ पुरुष, चितवनका १ महिलासहित ३ पुरुष, मकवानपुर्की १ महिला, सिन्धुपाल्चोकका १ पुरुष, रुपन्देहीका ३ पुरुषको पनि ज्यान गएको मन्त्रालयले जनाएको छ । मृतक सबैजसो कुनै न कुनै अन्य रोगबाट पीडित थिए ।

कोरोनाले हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन २५, आईतवार १६:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ