शिक्षा मन्त्री पोखरेलमा पनि कोरोना पुष्टि, लक्षण पनि देखियो


काठमाडौं : शिक्षा मन्त्री गिरिराजमणि पोखरेलमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

लक्षणसहितको कोरोना पुष्टि भएपछि मन्त्री पोखरेल पाटन अस्पतालको आइसोलेसनमा बसेका हुन् । ज्वरो आएपछि उनी शनिबार नै चिकित्सकको निगरानीमा रहने गरी पाटन अस्पतालमा बसेका थिए ।

शनिबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईमा पनि कोरोना पुष्टि भएको थियो । उनी पनि आइसोलेसनमा बसेका छन् ।

प्रकाशित : २०७७ आश्विन २५, आईतवार १७:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ