नेपाल सद्भावना पार्टीमा प्रवेश गरे राउत


टुडेखोज, जनकपुरधाम : नेपाली जनता दलका धनुषा अध्यक्ष तथा समाजसेवी मुन्जय राउत नेपाल सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।

जनकपुरको मुरली चोकमा रहेको केन्द्रिय कार्यालयमा एक समारोहबीच राउत नेपाल सद्भावना पार्टीमा प्रवेश गरे । उनलाई पार्टीका कार्यवाहक अध्यक्ष रामकुमार महतोले सदस्यता दिँदै फुलमाला तथा अविरले स्वागत गरे ।

राउतले करिब एक दर्जन कार्यकर्तालाई समेत नेपाल सद्भावना पार्टीमा प्रवेश गराएका छन् । पार्टी प्रवेश गर्दै राउतले मधेसी जनताको हकअधिकारका लागि सदैव लडिरहने प्रतिवद्धता जनाए ।

यस्तै पार्टीका कार्यवाहक अध्यक्ष महतोले मधेसवादी दल सत्ता र भत्ताको लोभमा फसेर मधेसी जनतालाई धोका दिएको आरोप लगाए । उनले अगामी दिनमा मधेसको बैकल्पिक शक्ति नेपाल सद्भावना पार्टी मात्र बन्ने दावी गरे ।

प्रकाशित : २०७७ आश्विन २५, आईतवार १८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ