जनकपुरमा खुल्दै जिनी इन्टरप्राइजेज : चार्जेवल टेम्पुदेखि लोडरसम्म शुपथ मुल्यमा पाइने


टुडेखोज, जनकपुरधाम : जनकपुरको मुजेलिया चोकमा ठूलो लगाडीमा जिनी इन्टरप्राइजेज सञ्चालनमा आउने भएको छ ।

व्यावसायी जीतेश्वर महतोले सञ्चालनमा ल्याउन लागेको जिनी इन्टरप्राइजेजको उद्घाटन कात्तिक १ गते हुनेछ । उद्घाटन मुख्यमन्त्री लालबाबु राउतको हातबाट हुने बुझिएको छ ।

यहाँ भारतीय अफटेक मोटर्स कम्पनीको स्करपियन, नाइट राइडर, टर्बो मोडलका आकर्षक मोटरसाइकलदेखि चार्जेवल टेम्पु, इ–रिक्सा, भ्यान र लोडर लगायतका सवारी शुपथ मुल्यमा पाइनेछ । टेम्पु नगद खरिद गर्दा २५ हजार रुपैया उपहार दिने सञ्चालक महतोले बताए ।

उनका अनुसार कुनै पनि गाडी खरिद गर्दा बैंक फाइनान्सको सुविधा रहेको छ । विजया दशमीको अवसरमा सवारी खरिदमा मोवाइल, फ्रिज, राइस कुकर, आइरन लगायतका समान उपहार स्वरुप प्रदान गरिनेछ ।

‘गाडी खरिद विक्रीमा पनि धेरै ठाउँमा बार्गेनिङ हुन्छ’, सञ्चालक महतो भन्छन्, ‘बार्गेनिङका कारण ठगिने डर हुन्छ । त्यसैले यहाँ कुनै किसिमको बार्गेनिङ हुँदैन ।’

मोटरसाइकल तथा टेम्पु, भ्यान, इरिक्सा र लोडर खरिद गर्न इच्छुक महानुभावहरुलाई एकपटक पसलमा आएर अवलोकन गर्न अनुरोध समेत उनले गरेका छन् ।

प्रकाशित : २०७७ आश्विन २५, आईतवार २०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ