सोमबार ४ हजार ४७ कोरोना संक्रमित थपिए, ९ को मृत्यु (हेर्नुस् पुरा विवरण)


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा सोमबार देशभर ४ हजार ४७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । योसँगै हालसम्म संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामै १ हजार ४७३ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३३ हजार ८८० जना सक्रिय संक्रमित बसेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाले ९ जनाको ज्यान लिएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।

हेर्नुस् पुरा डिटेल :

प्रकाशित : २०७७ आश्विन २६, सोमबार १६:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ