मातृका भन्छन्– मलाई बदनाम गर्न नियोजित षड्यन्त्र भईरहेको छ


टुडेखोज, सप्तरी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य मातृका प्रसाद यादवले आफुलाई बदनाम गर्न नियोजित षड्यन्त्र भइरहेको बताएका छन् ।

सोमवार सञ्चारकर्मीसँग उनले नयाँ पार्टी बनाउने आफ्नो कुनै योजना नरहेको स्पष्ट समेत पारेका हुन् । नयाँ पार्टी बनाउने र सदस्यता वितरण सम्वन्धी विषयमा कुनै सत्यता नरहेको उनले दावी गरेका छन् ।

‘नियोजित तरिकाले मेरो चरित्र हत्या गर्ने कार्य भईरहेको छ’, उनले भने, ‘यस्ता भ्रामक कार्यप्रति म आश्चर्यचकित छु ।’ भ्रामक कुराहरुमा विश्वास नगर्न आग्रह समेत गरे ।

पुर्वमन्त्री समेत रहेका उनले थप जिम्मेवार भएर पार्टीको हितमा काम गर्न पार्टी कार्यकर्ताहरुसँग आह्वान गरेका छन् ।

प्रकाशित : २०७७ आश्विन २६, सोमबार १७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ