सप्तरीमा महिलाको हत्या गर्ने ३ जना पक्राउ, अपराध स्वीकार !


जनकपुरधाम : सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर २ मैनाकडेरीमा गत असोज १० गते भएको महिलाको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मैनाकडेरी बस्ने शिक्षक शिबनारायण यादवकी श्रीमति ५० बर्षीया दाइमन देवी यादवको हत्याा भएको थियो । हत्या गर्ने तिरहुत गाउँपालिका २ बस्ने २१ बर्षीय अजय कुमार यादव, ५२ बर्षीय राधे भनिने ओमप्रकाश यादव र कंचनरुप नगरपालिका ११ ठेलिया बस्ने ५५ बर्षीय बमबहादुर साहलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

यी तीन जनामध्ये साहले दाइमनदेवीलाई भुइँमा लडाएर डोरीले घाँटीमा कसी हत्या गरेको खुल्न आएको प्रदेश प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले बताए ।

‘अन्य दुइ जना ओमप्रकाश र अजयले बाहिर कोहि आउँदैछ कि भनेर पहरा दिएको देखिएको छ’ सिंहले भने, “उनीहरुले गरेको अपराध स्वीकार गरेका छन् । कानुन अनुसारको थप अनुसन्धान भइरहेको छ ।”

यसकारण गरेका थिए हत्या

मृतक महिला दाइमन देवी यादवका देबरानीसँग प्रतिवाादी ओमप्रकाश यादवसँग अनैतिक सम्बन्ध थियो । यो कुरा दाइमनदेवीले थाहा पाउँदा ओमप्रकशले रिसइबी राखी हत्याको योजना बनाएको खुलेको प्रहरीको भनाई छ ।

यस्तै, अर्का प्रतिवादी अजय यादव र मृतकबीच जग्गा विवाद देखिएको छ । मृतकको २ बिघा जग्गा अजय यादवको बुवाले २०४७ सा देखि जोतभोग गर्दै आएकोमा विवादको कारण बाली नबुझाएको देखिएको प्रहरीले जनाएको छ ।

प्रतिवादी बमबादुर साह विगतमा मधेश मुक्ति टाइगर्स भन्ने सशस्त्र समूहमा संलग्न रही शिक्षक रामनारायण साहको हत्या गरेको अभियोगमा ८ बर्ष जेल सजाय बसी २ बर्षअघि हिरासतमुक्त भएका थिए ।

साहलाई ओमप्रकाश यादव र अजय यादवले हत्यामा संलग्न गराएको देखिएको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७७ आश्विन २६, सोमबार १९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ