जसपाकी नेतृ यादबसहित परिवारका चार जनामा कोरोना पुष्टि


टुडेखोज, सप्तरी : जनता समाजवादी पार्टीकी नेतृ तथा संघीय साँसद रेणु यादबसहित परिवारका चार सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश साँसद रहेका छोरा अभिशेक यादब संक्रमित भएपछि परिवारका सबै जनाले कोरोना परीक्षण गराएका थिए । आज रिपोर्ट आएपछि नेतृ यादब, उनकी बुहारी र सवारी चालकमा कोरोना पुष्टि भएको छ ।

छोरा अभिषेकमा कोरोनाको सामान्य लक्षण देखा परेको थियो । नेतृ यादबमा भने कोरोनाको लक्षण देखा परेका छैन । अहिले चारै जना होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन २६, सोमबार २०:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ