सीमानाका थप एक महिना नखोल्ने सरकारको निर्णय


काठमाडौं : कोरोना संक्रमण झन बढ्दै गएपछि अन्तर्राष्ट्रिय सीमानाका अझै एक महिना नखोल्ने सरकारले निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी बढ्न नदिन थप एक महिना सीमानाका नखोल्ने निर्णय गरेको हो । यसअघि नेपालसँग सीमा जोडिएका अन्तराष्ट्रिय सीमानाका असोज मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

सिमानाका बन्द राख्ने निर्णय सरकारले गरेपनि कार्यान्वयन भएको छैन । नाकाबाट सवारी साधन आवतजावत गर्न नदिएपछि पैदल यात्रुलाई सुरक्षाकर्मीले रोक लगाउन सकेका छैन ।

प्रकाशित : २०७७ आश्विन २६, सोमबार २१:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ