अब सवारीमा सबै सिटमा यात्रु चढाउन पाइने, पुरानै भाडा कायम


काठमाडौं : सार्वजनिक सवारीमा अब सबै सिटमा यात्रु चढाउन पाइने भएको छ । सरकारले पुरानै भाडामा कायम गर्दै सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको छ । दशैँको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने र भाडा पुरानै दरमा लिनुपर्ने निर्णय भएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय सरकारले गरेको थियो ।

प्रकाशित : २०७७ आश्विन २७, मंगलवार ०८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ