सिरहामा पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने युवक पक्राउ


टुडेखोज, लहान : सिरहामा पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने युवक पक्राउ परेका छन् । विष्णुपुर गाउँपालिका ५ बाट २३ वर्षीय युवक फक्राउ परेका हुन् ।

स्थानीय पाँच वर्षकी बालिकालाई उनले जबर्जस्ती करणी गर्न खोजेको आरोप लगाइएको छ । बालिकाले युवालाई धकेलेर त्यहाँबाट भागेको र प्रहरीलाई बालिकाका परिवारले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको छ ।

पक्राउ परेका युवकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन २७, मंगलवार १३:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ