सप्तरी : बलात्कारको घटना मिलाउने पञ्चहरु धरौटी बुझाएर रिहा


टुडेखोज, सप्तरी : बलात्कारको घटना मिलापत्र गराउँदा पक्राउ परेका पञ्चहरु जिल्ला अदालत सप्तरीमा धरौटी बुझाएर रिहा भएका छन् । अदालतबाट ३ पञ्च जनही एक लाख १० हजार धरौटीमा बुझाएर रिहा भएका हुन् ।

डाक्नेश्वरी नगरपालिका ७ ब्रम्हपुरीकी १७ वर्षीया किशोरीलाई २६ भदौमा चार जनाले सामुहिक बलात्कार गरेका थिए । घटनाबारे पीडितले उजुरी गर्दा खोज्दा स्थानीयले पञ्चायत गरेर ५५ हजारमा मिलापत्र गराएको थियो । मिलापत्रबाट अनुसन्धान पीडित किशोरी आत्महत्या गरेकी थिइन् ।

घटना सार्वजनिक भएपछि बलात्कारमा संलग्न दुई जना पक्राउ परे । घटनामा संलग्न अन्य दुई जना फरार छन् । पञ्चायती गर्ने ३ जनालाई प्रहरीले समात्यो । ७ जना पञ्च अझै फरार छन् ।

प्रहरीले घटनाको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले अदालतमा बलात्कारमा संलग्नविरुद्ध बलात्कार र आत्महत्या दुरुसात्हन तथा पञ्चायती गर्नेहरुविरुद्ध आत्महत्या दुरुत्साहन र प्रमाण नष्ट गरेकोमा मुद्दा दायर गरेको थियो । यसमा अधिकतम ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले बलात्कारमा संलग्न भएको अभियोग लागेका दुवै १८ वर्षभन्दा कम उमेरका भएकाले पूर्पक्षका लागि बाल सुधार गृहमा पठाएको छ ।

पञ्चायती गर्नेहरुलाई जनही १ लाख १० हजार धरौटी बुझाएर तारेखमा छाड्न आदेश दिएको छ । सरकारी वकिलको कार्यालय, सप्तरीले भने यसविरुद्ध पुनरावेदन गर्ने बताएको छ ।

प्रकाशित : २०७७ आश्विन २७, मंगलवार १९:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ