‘मगही भाषा’ देशमै सबभन्दा बढी बोलिने भाषा हो : साँसद अरगरिया


टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टीका नेता तथा संघीय साँसद उमाशंकर अरगरियाले ‘मगही भाषा’ देशमै सबभन्दा बढी बोलिने भाषा रहेको दावी गरेका छन् ।

धनुषाको बटेश्वरमा मंगलवार आयोजित मगही भाषा संस्कृति जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै साँसद अरगरियाले यस्तो दावी गरे । उनले भने, ‘मगही सबभन्दा उत्कृष्ट भाषा हो । यसको संरक्षण राज्यले गर्नुपर्छ ।’

आफु सँसदमा पनि बोल्ने गरेको भन्दै उनले महगी भाषाको संरक्षण गर्न सबैले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए । उनले देशमा लोकतन्त्र गणतन्त्र आएपनि अझै धेरै अधिकार प्राप्त नभएको र त्यसका लाग संघर्ष जारी राखेको उल्लेख गरे ।

कार्यक्रमको आयोजना उज्जवल युवा क्लव बटेश्वरले गरेको थियो । मगही भाषा संस्कृति संरक्षण समिति बटेश्र कार्यक्रमको संयोजक रहेको थियो । सभामा सहभागीहरुले मगही भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : २०७७ आश्विन २८, बुधबार ०८:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ