महोत्तरीका कोरोना संक्रमित २५ वर्षीय युवकको मृत्यु


टुडेखोज, जनकपुरधाम : महोत्तरीका एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

मिर्गौला रोगी पिपरा गाउँपालिका ५ का २५ वर्षीय युवकको भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको हो । उनी असोज २२ गते अस्पताल भर्ना भएका थिए ।

असोज २३ गते कोरोना संक्रमण पुष्टि भएका ति युवकको मृत्यु भएपछि शव महानगरीय प्रहरी परिसर भक्तपुर तथा नेपाली सेनाको विशेष टोलीले पशुपति आर्यघाटमा व्यवस्थापन गरेको  छ ।

योसंगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन २८, बुधबार १०:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ