सप्तरीमा तस्कर र प्रहरीबीच झडप, प्रहरीले गोली चलाएपनि तस्कर फरार


टुडेखोज, जनकपुरधाम : सप्तरीमा तस्कर समूह र प्रहरबीच झडप भएको छ । भारतबाट भन्सार छलेर समान ल्याउने तस्करलाई प्रहरीले घेरेपछि झडप भएको हो ।

राजविराज नगरपालिका १३ मुसहर्नियामा मंगलवार राति १० बजे झडप भएको र झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

तस्कर समुहको तर्फबाट घरेलु हतियार प्रहार भएपछि प्रहरी हबल्दार कमलदेव यादव र प्रहरी जवान दीपेन्द्र साह घाइते भएका छन् । उनी दुवै जनाको टाउकोमा गम्भिर चोट लागेको छ ।

प्रहरीले तस्करलाई घेरा हालेपछि उनीहरु स्थानीयलाई बोलाएका थिए । घरेलु हातहतियार सहित आएका तस्करका मानिसहरु आक्रमणमा उत्रेपछि प्रहरीले हवाइ फायर गरेको थियो ।

सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले करिब ७० जनाको समुहले प्रहरीमाथि आक्रमण गर्न खोज्दा हवाई फायर गर्नुपरेको बताए । उनका अनुसार तस्करहरु सामानसहित फरार भएका छन् । उनीहरुको खोजी भइरहेको छ ।

प्रकाशित : २०७७ आश्विन २८, बुधबार १३:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ