बुधबार २६ सय ३८ जनामा कोरोना पुष्टि, मृतक संख्या ६७५ पुग्यो


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा देशभर २६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार २ हजार १७४ जना कोरोनामुक्त भएको पनि जानकारी दिए । उनका अनुसार हालसम्म कोरोनामुक्त हुनेको संख्या ८० हजार ९५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ । योसँगै देशभर कोरोनाले ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन २८, बुधबार १६:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ