सर्लाहीमा काँग्रेस र प्रहरीबीच झडप : दर्जनौं घाईते, प्रहरीद्वारा १३ राउण्ड आश्रुग्याँस प्रहार


जनकपुरधाम : सर्लाहीमा हत्याराको माग गर्दै आज दिउँसो प्रदर्शनमा उत्रेका नेपाली काँग्रेसका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

ठूलो संख्यामा आएका कांग्रेस नेता कार्यकर्ता जर्वजस्ती जिल्ला प्रहरी कार्यालय प्रवेश गर्न खोजेपछि झड्प भएको हो । प्रदर्शनकारी आउने वित्तिकै ढुँगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको सर्लाही डिएसपी मदन कुँवरले बताए । उनले प्रदर्शनकारीले प्रहरी कार्यालयको झ्यालका सिसा समेत फुटाइदिएको जानकारी दिए ।

उनका अनुसार भींडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३१ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । दुबै पक्षको झडपमा डिएसपीसहित प्रहरीतर्फ २२ जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीतर्फ पनि झण्डै दुई दर्जन व्यक्ति घाइते भएको प्रदेश सांसद बिरेन्द्र सिंहले जानकारी दिए ।

झाडू, प्लेकार्डसहित प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय गएका थिए । उनीहरुले रामनगर गाउँपालिका वडा नम्बर ७ मा हत्या गरिएका महेन्द्र रामको हत्यारालाई कार्वाही, रामलाई शहीद घोषणा र पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन प्रदर्शन गरेका छन् ।

तर प्रदर्शनकारीले तोड्फोड गर्न थालेपछि सामान्य बल प्रयोग गर्दै अश्रु ग्यास प्रहार गर्नुपरको डिएसपी कुँवरले बताए । यता कांग्रेसका प्रदेश सांसद सिंहले शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेको दावी गरेका छन् ।

प्रकाशित : २०७७ आश्विन २८, बुधबार १६:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ