लोकसेवा आयोगको विज्ञापन रोक्न सर्वोच्चको अन्तरिम आदेश !


टुडेखोज, काठमाडौं : लोकसेवा आयोगको विज्ञापन रोक्न सर्वोच्च अदालतले बुधवार अन्तरिम आदेश जारी गरेको छ ।

आयोगले २०७७ असोज २९ गतेका लागि प्रकाशित गरेको नेपाल विविध सेवा समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्तिका लागि गरेको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

आयोगले यसअघि सूचना प्रकाशित गरेर कोरोना संक्रमित व्यक्तिलाई परीक्षमा राख्न नसकिने भनेको थियो । आयोगको सो निर्णयविरुद्ध परेको मुद्दामा अदालतले अन्तरिम आदेश जारी छ ।

लिखित परीक्षामा प्रतिस्पर्धात्मक रूपमा सामेल भई उत्तीर्ण भएका तीनजना अन्तर्वार्ताको लागि सिफारिस भएका थिए । यसरी लिखितमा नाम निस्केने मध्येका एकजना प्रतिस्पर्धी रमेशराज सुवेदी कोरोना संक्रमित भए ।

२०७७ असार ३१ गते अन्तर्वार्ताको लागि मिति तोकिएको थियो तर देशभर कोरोना भाइरसका कारण लकडाउन भएकाले अन्तर्वार्ता स्थगनको सूचना जारी भयो । स्थगित भएको परीक्षा असोज २९ गते गर्ने भनी आयोगले सूचना जारी गर्‍यो ।

कोरोना संक्रमित भएर आइसोलेनमा बसेको समयमा लोकसेवाले नयाँ परीक्षाको सूचना जारी गरेपछि उनी सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटको सुनुवाइ गर्दै सर्वोच्चले परीक्षा रोक्न आदेश दिएको छ ।

प्रकाशित : २०७७ आश्विन २८, बुधबार १७:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ