हँसपुरका मेयर मण्डलले कक्षा ८ की ७४ छात्रालाई बाँडे साइकल


टुडेखोज, जनकपुरधाम : धनुषाको हँसपुर नगरपालिका २ स्थित बघचौडा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ की छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत ७४ जना छात्रालाई बुधवार एक समारोहबीच साइकल वितरण गरिएको हो । साइकल वितरण कार्यक्रम मेयर मण्डलको प्रमुख आतिथ्यमा भएको छ । उनले साइकल बाँड्दै नगरपालिकालाई समृद्ध र शिक्षित बनाउने अभियानमा लागेको बताए ।

उनले भने, ‘निर्माण कार्यभन्दा बढी प्राथमिकता आफू विद्यालयको पूर्वाधार, शिक्षा सामाग्री, शौचालय लगायतमा दिएका छौं । शिक्षाको विकासले समाजको विकास हुन्छ र सामाजको विकासबाट गाउँको विकास निश्चित छ ।’

नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयलाई एकैखालको बनाउन ५० लाख रकम समेत छुट्याइएको मेयर मण्डलले बताए । उनले बाल विवाह यहाँका समाजका लागि ठूलो रोग भएको भन्दै अभिभावकलाई जिम्मेवार बन्न आग्रह गरे ।

साइकल वितरण कार्यक्रममा उपमेयर रेणु झाको पनि उपस्थिति रहेको थियो । साइकल पाएपछि छात्राहरु खुःशीले गदगद भएकी छन् ।

प्रकाशित : २०७७ आश्विन २९, बिहीबार ०९:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ