प्रअ साहद्वारा विद्यालयमा ब्रह्मलुट, छानविन गरी कारवाही गर्न जसपा विद्यार्थीको माग


जयनाथ यादव, लहान : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ मा रहेको जनता डोमी चौधरी नमुना मावि (प्राविधिक) पोखरभिण्डा पर्साका प्रधानाध्यापक पशुपति साहले व्यापक अनियमितता गरेको पाइएको छ ।

प्रअ साहले व्यवस्थापन समितिको मिलोमतोमा व्यापक अनियमिता गरेको आरोप स्थानीय अगुवा र जनता समाजवादी पार्टीसँग आवद्ध युवाहरुले लगाएका हुन् । जसपा विधार्थी युनियन प्रदेश २ का उपाध्यक्ष चन्द्रशेखर यादवले प्रअ साहले गरेको अनियमिताविरुद्ध पत्रकार सम्मेलन नै गरे ।

उनका अनुसार प्रअ साहले व्यक्तिगत लाभ लिई विद्यालयको करिब अढाई कट्ठा जग्गा स्थानीय एक व्यक्तिलाई नीजि प्रयोजनका लागि दिएका छन् । प्रअ साहले २०७२ सालमा डिभिजन वन कार्यलय लहानबाट स्कुलको नाममा ल्याएको साल काठ ३२ दशमलव ३० क्युविक फिट स्कुलमा नलगाएर गोलमाल गरेका छन् ।

०७५/०७६ मा शैक्षिक भवन निर्माणको लागि गाउँपालिकाले ९९ लाख ६९ हजार २६३ रुपैंया उपलब्ध गराएको थियो । तर भवन निर्माण पुरा नगरी प्रअ साहले अनियमितता गरेका छन् । यस्तै २०७५/०७६ मा विद्यालयमा साईकल स्टेन बनाउदा स्कुलको पुराना समानहरु जसता, फलाम पचास हजार पनी खर्च नगरी प्रअ साहले २ लाख १४ हजार ९६ रुपैया खाएको आरोप युनियनको प्रदेश उपाध्यक्ष यादबले दावी गरे ।

उनका अनुसार २०७५÷०७६ मा आइसिटी व्यवस्थापनका लागि आएको १९ लाख ३१ हजार ९११ रुपैया नक्कली विल भरपाइ मिलाएर निकासा गरेको खुलेको छ । रकम अनुसारको समान खरिद भएको छैन ।

टेवल बेञ्चको नाममा समेत लाखौं रकम अनियमिता गरिएको छ । प्राविधिकतर्फ भर्ना गर्दा प्रतिविधार्थी १ हजारको दरले उठाएको रकमको कुनै हिसाब छैन । विद्यार्थी भर्ना बापत उठेको रकमको प्रअ साह हिसाव दिन तयार नभएको स्थानीयको गुनासो छ ।

विद्यार्थीहरुसंग अनावश्यक तरिकाले उठाएको शुल्क शिक्षकहरुको खाजा बापतको रकम, गाउँपालिकाबाट कोचिङ संचालनका लागि आएको रकम र अन्य शिर्षकमा उठाएको रकम करिब २२ लाख रुपैया पनि प्रअ साह खाएका छन् ।

‘प्रअ साहले विभिन्न शिर्षकमा विद्यालयको ठुलो रकम अनियमिता गरेका छन्’, युनियन प्रदेश २ का अध्यक्ष यादबले भने, ‘तर कुनै हिसाव सार्वजनिक गर्न मानेका छैन । उहाँमाथि छानविनका लागि सम्बन्धित निकायसँग आग्रह गर्दछु ।’

प्रकाशित : २०७७ आश्विन २९, बिहीबार १२:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ