जनकपुरका तराई राजधानी हस्पिटलद्वारा दलित बच्चाको उपचारमा ५६ हजार छुट


टुडेखोज, जनकपुरधाम : जनकपुरको रामानन्द चोकमा रहेको तराई राजधानी हस्पिटलले एक दलित बच्चाको उपचारमा ५६ हजार रुपैया छुट गरेका छन् ।

धनुषाको शहिदनगर नगरपालिका घर भएकी घुरनीदेवी महराले गाउँकै स्वास्थ्य संस्थामा बच्चा जन्माएकी थिइन् । तर बच्चाको अवस्था गम्भिर बनेपछि उनी उपचारका लागि तराई राजधानी हस्पिटल ल्याइन् । हस्पिटलमा ५ दिन उपचार भएपछि करिब ७५ हजारको बिल बन्यो ।

आर्थिक अवस्था कमजोर रहेको र लकडाउनका कारण उनका श्रीमान सिकिन्द्र महरा पनि कमाउन सकेनन् । सोही कारण बच्चाको उपचार खर्च उनी तिर्न सकिनन् । अस्पतालले उनको अवस्था कमजोर रहेको थाहा पाएपछि उपचार खर्च माफ गरिदिएको छ ।

आर्थिक अवस्था कमजोर रहेको र उपचार वापतको रकम तिर्न सक्ने अवस्था नरहेको थाहा पाएपछि छुट गरिदिएको हस्पिटलका संचालक गंगाप्रसाद यादबले बताए । उनले सेवाको भावनाले नै अस्पताल संचालन गरेकोले करिब ७६ हजारको बिल बनेपनि २० हजारमै डिस्चार्ज गरिएको बताए ।

प्रकाशित : २०७७ आश्विन ३०, शुक्रबार ०८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ