आज राति मलमास सकिने, भोलीदेखि नवरात्र सुरु हुने


टुडेखोज, जनकपुरधाम : एक महिनापछि आज रातिदेखि मलमास सकिँदैछ । राति १ बजेर ५३ मिनेटमा मलमास सकिने नेपाल पंचाग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताए ।

उनका अनुसार मलमासको अन्तिम दिन आज श्रद्धालुहरुले व्रत, उपवास, विष्णु भगवानको जप, पूजा, भजन कीर्तन तथा श्रीमदभागवत महापुराण लगाउनुका साथै दान गर्ने प्रचलन छ । मलमास अवधिमा कुनै पनि शुभ र नयाँ कार्यको थालनी गर्न नहुने परम्परा अनुसार यो बीचमा कुनै चाडपर्वहरु परेन ।

मलमास प्रत्येक तीन वर्षमा एकपटक आउँछ ।सूर्य र चन्द्रमाको गति मिलाउनका लागि मलमास पर्ने गर्दछ । गत असोज २ गते दिउँसो ४ बजेर ५९ मिनेटमा मलमास सुरु भएको थियो ।

मलमास सम्पन्न भएसँगै भोलिदेखि नवरात्र प्रारम्भ हुँदैछ । मलमासका कारण यस वर्ष दशैँ तिहार जस्ता चाडपर्व झण्डै एक महिना पछाडि धकेलिएको छ ।

प्रकाशित : २०७७ आश्विन ३०, शुक्रबार ०९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ