जनकपुर विमानस्थलमा जसपा नेता महतोलाई भव्य स्वागत


टुडेखोज, जनकपुरधाम : जनकपुर विमानस्थलमा जनता समाजवादी पार्टी (जसपा)का बरिष्ट नेता राजेन्द्र महतोलाई भव्य स्वागत गरिएको छ ।

धनुषाको सबैलामा आज हुन लागेको वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आज विहान नेता महतो जनकपुर आइपुगेका हुन् । विमानस्थल पुगेर जसपाका सयौं नेता कार्यकर्ताले नेता महतोलाई स्वागत गरेका छन् ।

महतो अहिले जनकपुरस्थित आफ्नै निवास पुगेका हुन् । उनी दिउसो करिब १ बजे सबैला कार्यक्रममा पुग्ने बताइएको छ । आजको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी हजारौं नेता कार्यकर्ता जसपामा प्रवेश गर्ने नेता महतोका स्वकिय सचिव किशोर गुरुले बताए ।

कार्यक्रममा जसपाका अन्य शिर्ष नेतताहरु र प्रदेशका केहि मंत्री समेत सहभागी हुने छन् ।

प्रकाशित : २०७७ आश्विन ३०, शुक्रबार ११:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ