टुडेखोज, महोत्तरी : बर्दिबास नगरपालिका ६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका ३ का १५ वर्षीय जाकिर मियाँ धोबी रहेका छन् । बिहीबार साँझ बर्दिबास ६ मा पुरानो कपडा पेलेर कपास बनाउने ना ७ प १३८३ नम्बरको ट्याक्टरमा दाहिने हात च्यापिएर धोबीको मृत्यु भएको छ ।
घाइते बालकको अत्यधिक रक्तश्राव भएको थियो । तत्काल धनुषाको लालगढस्थित मोडल अस्पतालमा उपचारको लागि पठाइएको र त्यहाँ सामान्य उपचारपश्चात वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा पठाइयो ।
तर उपचारको क्रममा उनको सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।