सिरहामा आईसोलेसनबाट फरार थुनुवा यादव पक्राउ


टुडेखोज, लहान : सिरहामा आइसोलेशनबाट फरार भएका एक थुनुवा पक्राउ परेका छन् ।

जिल्ला अदालतको फैसलाले कारागार चलान भएका चोरी मुद्दाका प्रतिवादी लहान नगरपालिका १३ का रविन्द्र यादब गत भदौं ९ गते फरार भएका थिए । उनलाई शुक्रबार लहान १९ बाट सादा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ । 

गत साउन २५ मा पिसिआर संकलन गरी कोरोना परीक्षण गर्दा २८ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई धनगढीमाई नगरपालिका ११ स्थितमा रहेको महेन्द्र गेनाई आईसोलेशनमा भर्ना गरियो ।

तर भदौ ९ गते बेलुका यादव ट्वाईलेटको झ्यालबाट हामफाली भागे । प्रहरीले उनलाई व्यापक खोजी गरिरहेका क्रममा शुक्रवार पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक १, शनिबार ०८:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ