काँग्रेसले भन्यो- गरिबलाई सरकारले चाडपर्व खर्च दिनुपर्छ


टुडेखोज, काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गरिब घरपरिवारका लागि सरकारले चाडपर्व खर्च दिनुपर्ने बताएको छ।

कांग्रेसले गठन गरेको कोरोनाबारे अध्ययन तथा अनुगमन समितिका संयोजक सहमहामन्त्री प्रकाशशरण महत संयोजकत्वको समितिले सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा सरकारले गरिबका लागि चाडपर्व खर्च दिनुपर्ने माग उल्लेख छ ।

सहमहामन्त्री महतले शुक्रबार बुढानिकलण्ठ पुगेर सभापति देउवालाई प्रतिवेदन बुझाएका थिए । ‘कोरोनाबाट अति प्रभावित गरिब घरपरिवारलाई चाडपर्वको समय समेतलाई दृष्टिगत गर्दै हरेक परिवारलाई निश्चित आर्थिक सहयोग रकम सिधै हस्तान्तरण गर्ने व्यवस्था मिलाउन माग गर्दछौ,’ महतले भने ।

काँग्रेसले विदेशमा रहेका नेपाली बेरोजगार नागरिकलाई राहत, सहयोग र स्वदेश फर्कन चाहनेलाई फर्कने व्यवस्था सरकारले मिलाउनुपर्ने पनि माग गरेको उनको भनाई छ ।

अप्ठेरोमा परेका नागरिकलाई सक्दो सहयोग गर्न कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह पनि गरेको छ । चाडपर्व लक्षित गरी सरकारले सहज यातायात व्यवस्थापन मिलाउनुपर्ने माग पनि कांग्रेसले गरेको उक्त प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित : २०७७ कार्तिक १, शनिबार १२:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ