जनकपुर : प्रादेशिक ल्यावको एक वर्ष पुरा, अध्याधुनिक बनाउने मुख्यमन्त्रीको प्रतिवद्धता


टुडेखोज, जनकपुरधाम : प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्थापनाको एक वर्ष पुरा भएको छ । शनिवार प्रथम वार्षिकोत्सव समेत मनाइयो ।

वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक ल्यावसहित सबै जिल्लाका ल्याबलाई अत्याधुनिक बनाउने प्रतिवद्धता जनाए । स्थापनाको पहिलो वर्षमै कोभिड महामारीको चुनौतीलाई सामना गरेको ल्याबले अगामीदिनमा अन्य रोगहरुको पहिचान गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।

उनले कोभिड महामारी नियन्त्रणका लागि आवश्यक पिसिआर परिक्षणमा पछिल्लो समयमा ल्याबले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै परीक्षण कार्यमा संलग्नहरुको प्रदेश सरकारले उच्च मुल्यांकन गर्ने बताए ।

सो अवसरमा युएनडिपीले प्रादेशिक ल्याबको लागि अटो एब्सट्रेक्सन मेसिन समेत हस्तान्तरण गरेको छ । युएनडिपीका प्रदेश २ प्रमुखले मुख्यमन्त्री राउतलाई सो मेसिन हस्तान्तरण गर्दै अगामी दिनमा थप मेसिनहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

ल्याबका निर्देशक डा. श्रवण कुमार मिश्रको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास मन्त्री नवल किसोर साह, राज्य मन्त्री अभिराम शर्मा, समाजिक विकास मन्त्रालयका सचिव सहितले शुभकामना मन्तव्य राखेको थियो ।

प्रकाशित : २०७७ कार्तिक १, शनिबार १३:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ