पर्सा प्रहरीले छापा मारेर २२ किलो सुन बरामद गर्यो, अनुसन्धान जारी


टुडेखोज, वीरगञ्ज : पर्सा प्रहरीले २२ किलो ५६७ ग्राम अवैध सुन बरामद गरेको छ । दसैंको मौका छोपी अवैध तरिकाले लुकाई छिपाई ल्याएर भण्डारण गरी राखिएको ठाउँमा छापा मारेर प्रहरीले सुन बरामद गरेको हो ।

वीरगन्ज महानगरपालिका ५ मा रहेको ६ नम्बर गेट नजिकको गणेश अपार्टमेन्ट स्टोरमा छापा मारेर सुन प्रहरीले बरामद गरेको बताइएको छ । सुनचाँदी व्यवसायीहरूले यो अपार्टमेन्ट राजु दारुकाको हुन सक्ने जनाइएको छ । सुनचाँदी व्यवसायीहरुको यहाँ कुनै पनि दोकान वा गोदाम नरहेको सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष प्रवेश सर्राफले बताए ।

पहिले पनि दारुका सुन काण्डमा पटक पटक विवादमा पर्दै आएका थिए । नीलो प्लाष्टिकमा प्याक गरिएको पहेँलो धातु (सुन) भारी मात्रामा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता मनोजित कुँवरले बताए ।

बरामद सुनबारे विस्तृत विवरण पर्सा प्रहरीले पत्रकार सम्मेलन नै गरी जानकारी दिने उनको भनाइ छ ।

प्रकाशित : २०७७ कार्तिक १, शनिबार १६:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ