बरियारपट्टी गाँउपालिकामा फेरी लफडा सुरु, उपप्रमुखले लगाइन् ताला


जयनाथ यादव, लहान : सिरहाको बरियारपट्टी गाउँपालिकामा फेरी लफडा सुरु भएको छ । शनिवार गाउँपालिका कार्यालयमा उपप्रमुख रेखा कुमारी यादव र वडाध्यक्षहरुले ताला लगाएका छन् ।

गाँउपालिकाका अध्यक्ष संतोष कुमार महतोले एकलौटी गाँउ परिषद् गर्न लागेको आरोप भन्दै तालाबन्दी गरिएको छ । तालावन्दीमा वडा १ का अध्यक्ष नेवालाल यादव, ४ का अध्यक्ष नवीन यादव समेत सहयोग गरेका छन् ।

योजना छनौट गर्दा एकलौटी र आफु खुशी योजना छनौट गरेको, आर्थिक पारदर्शीता नगरेको, छलफल नगरी परिषद्को मिति तोकेको अध्यक्ष महतोमाथि उनीहरुले आरोप लगाएका छन् । समस्या समाधान नगरेसम्म तालावन्दी जारी राख्ने उपप्रमुख यादवले बताइन् ।

यता, गाँउपालिका अध्यक्ष महतोले परिषद आईतबार गर्ने तय भइसकेको र केहि सिमित व्यक्तिले विभिन्न बखेडा खडा गरी कार्यालयमा तालाबन्दी गरेको बताए । उपप्रमुख र केहि वडाध्यक्षले जानकारी नै नगराई अचानक तालावन्दी गरेको उनको भनाई छ ।

परिषद नभएकै कारण गाँउपालिका कर्मचारीहरु तलब खानबाट समेत बञ्चित छन् । चाडपर्व आएपनि तलव नपाएपछि कर्मचारीहरु समेत जनप्रतिनिधिबाट असन्तुष्ट छन् ।

प्रकाशित : २०७७ कार्तिक २, आईतवार ०७:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ