चालक र सुरक्षाकर्मी कोरोना संक्रमित भएपछि गौतमद्वारा भेटघाट बन्द


टुडेखोज, काठमाडौं : नेकपाका उपाध्यक्ष वामदेव गौतमको सुरक्षामा खटिएका सुरक्षाकर्मी र सवारी चालकमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार चालक र सुरक्षाकर्मीको कोरोना रिपोर्ट पोजेटिभ आएका कारण उपाध्यक्ष गौतम भेटघाट बन्द गरेका हुन् । गौतम र उनका परिवारका सदस्यमा भने कोरोना संक्रमण पुष्टि भएको छैन ।

गौतमको निजी सचिवालयका सदस्यमा पनि कोरोना संक्रमण नदेखिएको बताइएको छ । नेता गौतम होम क्वारेन्टाइनमा बसेका छन् ।

प्रकाशित : २०७७ कार्तिक २, आईतवार १०:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ