आईतवार थपिए २९ सय ४२ कोरोना संक्रमित, थप १२ को मृत्यु


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा आइतबार देशभर २९ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २३ सय २६ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ । पछिल्लो २४ घण्टामै थप १२ जनाको कारोनाबाट ज्यान गएको छ । हालसम्म ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ ।

प्रकाशित : २०७७ कार्तिक २, आईतवार १६:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ