CTEVT को मौका परीक्षा कात्तिक २२ मा, प्रदेश २ को परीक्षा केन्द्र जनकपुर !


टुडेखोज, काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) डिप्लोमा/प्रमाणपत्र तहको एक विषय मौका परीक्षा कात्तिक २२ गते हुने भएको छ ।

कोरोना भाइरसका कारण गत चैतपछि रोकिएको डिप्लोमारप्रमाणपत्र तहको नियमित तथा छात्रवृत्ति कार्यक्रमको एक विषय मौका परीक्षा सरकारकाले तोकेको सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न गर्ने सीटीईभीटीले जनाएको छ ।

मौका परीक्षाका सात वटै प्रदेशमा एउटा/एउटा परीक्षा केन्द्र तोकिएको छ । प्रदेश २ का लागि जनता मावि बेल्ही (जनकपुर) परीक्षा केन्द्र तोकिएको सीटीईभीटीले जनाएको छ ।

यस्तै प्रदेश १ को ज्योति मावि इटहरी, बागमतीको बालाजु स्कूल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी बालाजु, गण्डकीको धर्मस्थली आधारभूत विद्यालय मालेपाटन (पोखरा), लुम्बिनी प्रदेशको देउराली जनता मावि, जितगढी (बुटवल), कर्णालीको सुर्खेत शिक्षा क्याम्पस, वीरेन्द्रनगर र सुदूरपश्चिमको सरस्वती मावि धनगढी ७ मनहरा (कैलाली) परीक्षा केन्द्र तोकिएको छ ।

जुनसुकै प्रदेश वा शिक्षण संस्थाबाट परीक्षा आवेदन फारम भरेको भएपनि आफूलाई पायक पर्ने प्रदेश अन्तर्गतको तोकिएको परीक्षा केन्द्रमा सक्कल प्रवेश पत्र र फोटोसहितको नागरिकता वा लाइसेन्स जस्ता फोटोसहितको सक्कल परिचय पत्र देखाएर परीक्षा दिन सकिने व्यवस्था गरेको छ ।

प्रकाशित : २०७७ कार्तिक २, आईतवार १७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ