कोरोना संक्रमितको उपचार गर्ने दायित्वबाट पछि हट्यो सरकार


टुडेखोज, जनकपुरधाम : कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार गर्ने दायित्वबाट सरकार पछि हटेको छ । अब अग्रपङ्तिमा खटिनेहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ ।

अन्य नागरिकको परीक्षण तथा उपचार खर्च सरकारले नव्यहोर्ने जनाएको छ । तर विपन्न वर्ग तथा अति अशक्तको कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसअघि सरकारले कोरोना संक्रमितको निःशुल्क परीक्षण र उपचार गर्दै आएको थियो । अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी लगायतको उपचारमा पनि यदी कोरोना बीमा गरेको छ भने बीमाबाटै खर्च गर्ने सरकारले निर्णय गरेको छ।

अति विपन्न बाहेक अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार सम्बन्धित व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको प्रवक्ता गौतमले बताए । उनले भने, ‘यो आजैदेखि भर्ना तथा परीक्षण हुनेमा सबै किसिमका सरकारी तथा गैरसरकारी अस्पताल र प्रयोगशालामा लागू हुनेछ ।’

प्रकाशित : २०७७ कार्तिक २, आईतवार १८:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ