दशैं भत्ता फिर्ता गर्न साँसदहरुलाई काँग्रेस सभापति देउवाको निर्देशन


टुडेखोज, काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् ।

संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले पार्टीको संसदीय दलमार्फत् सबै सांसदलाई दसैं भत्ता संसद सचिवालयलाई नै फिर्ता गर्न निर्देशन दिएका हुन् ।

कोरोना महामारी र कतिपय सांसद चाडपर्व मनाउन उपत्यका बाहिर गइसकेकोले तत्काल संसदीय दलको बैठक राख्न सम्भव नभएपछि देउवाले दसै भत्ता फिर्ता गर्न निर्देशन दिएको संसदीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

कांग्रेस सांसदहरूले संसदीय दलमै छलफल गरेर सबै सांसदको भत्ता फिर्ताको निर्णय गर्नुपर्ने माग गरेका छन् । कोरोना महामारीका बेला दसैं भत्ता लिनु उपर्युक्त नहुने भन्दै काँग्रेस सांसदहरुले भत्ता फिर्ता गरेको प्रमुख सचेतक खाँडले बताए ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रिय सभामा ६ जना सांसद छन् । संघीय सांसदहरूले ६४ हजार ७० रूपैयाँ दसैं भत्ता पाएका थिए ।

प्रकाशित : २०७७ कार्तिक ३, सोमबार १३:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ