जनकपुरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने ! मन्त्री साहको जताततै प्रसंसा


टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने बाटो खुलेको छ । आईतबार प्रदेशसभाले प्रतिष्ठान सम्बन्धी विधेयक सर्वसहमत पारित गरेको हो ।

सामाजिक विकास मन्त्री नवल किशोर साहले विधेयक सदनमा पेश गरेका थिए । छलफलपछि मन्त्री साहले आईतवार सो विधेयक पारित गर्न सदन समक्ष मन्त्री साह आग्रह गरे । प्रतिष्ठानको आवश्यकता रहेको भन्दै विधेयक सर्वसम्मत रुपमा पारित भयो ।

जनकपुरमा रहेको प्रादेशिक अस्पताललाई यस प्रतिष्ठानमा रुपान्तरण गरिने बुझिएको छ । सामाजिक विकास मन्त्री साहको पहलमा प्रतिष्ठान स्थापना हुन लागेपछि अहिले प्रदेशभर चर्चा चलेको छ । मन्त्री साहको जताततै प्रसंसा भइरहेको छ ।

अहिले दुर्घटनामा परेका विरामीलाई पनि प्रदेश २ मा उपचार सम्भव भइरहेको छैन । अधिकतर विरामी धरान र विराटनगर रेफर हुने गर्छन् । तर प्रतिष्ठान स्थापना भएपछि प्रदेश २ का विरामीलाई अन्यत्र लग्नुपर्ने बाध्यता हट्ने मन्त्री साहको विश्वास छ ।

प्रकाशित : २०७७ कार्तिक ३, सोमबार १४:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ