नेकपाका साँसदहरुले पनि दशै‌ं भत्ता फिर्ता गर्ने


टुडेखोज, जनकपुरधाम : सत्तारुढ दल नेकपाले पनि आफ्ना सांसदहरूलाई दशैं भत्ताबापत प्राप्त गरेको रकम फिर्ता गराउने भएको छ ।

राष्ट्रिय सभाका नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले सबै सांसदलाई दशैं भत्ता फिर्ता गर्न लगाउने निर्णय भएको बताए । उनले भत्ता वापतको रकम कोभिड उपचार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।

साँसदहरुले दशैं भत्ता बुझेपछि जनस्तरबाट आलोचना भइरहेको छ । आज मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि दशैं भत्ता फिर्ता गर्न साँसदहरुलाई निर्देशन दिएका छन् ।

प्रकाशित : २०७७ कार्तिक ३, सोमबार १५:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ