कोरोना कहर : लोक सेवा आयोगको सम्पूर्ण लिखित परीक्षा स्थगित


टुडेखोज, काठमाडौं : लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार सूचना जारी गरी कोरोना महामारीका कारण देखाउँदै लिखित परीक्षा स्थगित गरेको हो ।

परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरु समेत संक्रमित भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ ।

परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भन्दै आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको सुचनामा उल्लेख छ ।

प्रकाशित : २०७७ कार्तिक ३, सोमबार १५:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ