सिरहाकी सांसद सितादेवीले पनि फिर्ता गरिन् दशैं भत्ता !


टुडेखोज, जनकपुरधाम : नेपाली कांग्रेसकी संघीय सांसद सितादेवी यादवले पनि दशैं भत्ता फिर्ता गर्ने भएकी छन् ।

गृह जिल्ला सिरहामा रहेकी उनले संघीय संसद सचिवालयलाई पत्र पठाएर दशैं भत्ता फिर्ता गर्ने जानकारी गराएकी हुन् । उक्त भत्ता बापतको रकम कोरोना संक्रमण नियन्त्रण तथा उपचारमा खर्च हुने सरकारी कोषमा जम्मा गर्ने व्यबस्था मिलाउन उनले भनेकी छन् ।

मुलुक कोरोनाले आक्रान्त बनेको अबस्थामा सरकारले सांसदहरुलाई दशैं भत्ता वितरण गर्ने गरेको निर्णय नीतिगत र व्यवहारिक रुपमा उचित नभएको उनले पठाएको पत्रमा उल्लेख छ ।

प्रकाशित : २०७७ कार्तिक ३, सोमबार १८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ