जनकपुर : मोटरसाइकल दुर्घटनामा महराको मृत्यु, २ जना गम्भीर घाईते


टुडेखोज, जनकपुरधाम : धनुषामा सोमवार मध्यराती भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

नगराइनबाट गंगुलीर्फ आउने क्रममा तीनजना सवार विआर ३२एबी ४१८३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा भारतको मधुवनी उमगाउ घर भएका ४० वर्षीय शंकर महराको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

मृतक महरा नगराइन नगरपालिका ४ स्थित ससुराली आएका थिए । दुर्घटनामा मोटरसाइकलमै सवार अन्य दुई जना घाईते भएका छन् । उनी दुबै जनाको उपचार जनकपुरस्थित जानकी हेल्थ केयरमा भइरहेको छ ।

सडकमा अचानक कुकुर आएपछि गाडी नियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । घटनास्थलमै कुकुरको समेत मृत्यु भइसकेको छ । गाडी तिब्र गतिमा चलाउँदा अनियन्त्रित भएको ट्राफिक प्रहरीको भनाई छ ।

प्रकाशित : २०७७ कार्तिक ४, मंगलवार ०८:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ