सिरहाको चिकनामा ग्लोबल आइएमई बैंकको शाखा खुल्यो, राज्यमन्त्री मण्डलले गरे उद्घाटन


संजय विश्वकर्मा, लहान : सिरहाको कल्याणपुर नगरपालिका ५ मा सोमबारदेखि ग्लोबल आईएमई बैंकले सेवा सुरु गरेको छ । यहाँ ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएको हो ।

लोकमार्ग भन्दा करिब १५ किलोमीटर दक्षिण भेगमा पर्ने चिकना बजारमा बैंले सेवा सुरु गरेपछि स्थानीय खुःशी भएका छन् । बैंक नहुँदा उक्त क्षेत्रका बासिन्दालाई मिर्चैया पुग्नुपर्ने बाध्यता थियो ।

प्रदेश २ का उधोग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले औपचारिक रूपमा बैंकिङ्ग सेवाको बिधिवत रूपमा उद्घाटन गरे । सिरहा क्षेत्र २ को ‘ख’बाट निर्वाचित मण्डल ग्रामीण क्षेत्रमा सेवा संचालन गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे । उनले जनतालाई सहज सेवा प्रदान गर्ने विश्वास पनि व्यक्त गरे ।

राज्यमन्त्री मण्डलले किसान नै किसानले भरिएको क्षेत्र भएकाले कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई आग्रह गरे । किसानसंग चर्को ब्याज नलिई उत्पादनको क्षेत्रमा काम गर्न पनि उनले बैंकसँग आग्रह गरे ।

कार्यक्रमको विशिष्ट अतिथि रहेका नेपाल नेपाल पत्रकार महासंघका सिरहा सभापति दिनेश्वर प्रसाद गुप्ताले यस क्षेत्रका जनताका लागि बैंकिङ्ग सेवा आवश्यक महसुस भएको कारण सहज र सरल तरिकाले सेवा दिन आग्रह गरेका थिए ।

वडा ५ का वडाध्यक्ष दिपेन्द्र यादव बरबरियाले चुनाव प्रचार प्रसार गर्ने क्रममा यस भेगका नागरिकलाई बैंकिङ्ग सेवा दिने प्रतिवद्वता अनुरुप प्रतिवद्वता पुरा भएकोमा आफु खुसी भएको बताएका थिए ।

जलपा ईन्टरप्राईजेज कल्याणपुर नगरपालिका वडा नम्बर ६ द्वारा संचालित शाखा रहित बैंकिङ्ग सेवामा समय अनुसार नयाँ नयाँ सुविधाहरु आउने गरेको संचालक किरण कुमारी साहले बताइन् । शाखारहित सेवाबाट एक दिनमा एउटा ग्राहकले ५० हजार रकम मात्र झिक्न सक्ने र ३ लाखसम्म डिपोजिट गर्न सक्ने उनको भनाई छ ।

कार्यक्रममा तत्कालीन राजपाबाट मेयर पदका प्रत्यासी उम्मेदवार रामवावु यादव, तत्कालीन संघिय समाजवादी फोरमका मेयरका प्रत्यासी उम्मेदवार प्रदीप साह, फोरमबाट वडा ७ का प्रत्यासी वडाध्यक्षका उम्मेदवार दिपेन्द्र यादव, ग्लोबल आईएमई बैंक शाखा मिर्चैयाका प्रवन्धक लोकनाथ पौडेल, गोलवजारका शाखा प्रवन्धक श्रवण कुमार महासेठ, बैंककै कर्मचारी मुरली प्रसाद साह, सरिता कुमारी साह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित : २०७७ कार्तिक ४, मंगलवार ०९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ