कक्षा १२ को परीक्षा मंसिर दोस्रो सातादेखि लिने बोर्डको तयारी


टुडेखोज, काठमाडौं : कोरोना संक्रमणका कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर दोस्रो साताबाट लिने हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले परीक्षासम्बन्धी कार्यविधि तीन दिनभित्र सार्वजनिक गर्ने जानकारी दिए । उनले भने, ‘बोर्डको बैठकले धेरै समयसम्म कक्षा १२ को परीक्षा धकेलिएकोले मंसिरको दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।’

उनका अनुसार कति प्रतिशत मूल्यांकन र प्रयोगात्मकको आधारमा परीक्षा सञ्चालन गर्ने भन्ने बारेमा कार्यविधि बन्दैछ । कार्यविधि सार्वजनिक भएपछि सबैलाई जानकारी गराउने र त्यसपछि कसरी परीक्षा दिन सकिने सबै जानकारी हुने उनको छ ।

यसअघि बोर्डले दसैँअघि नै परीक्षा सञ्चालन गर्ने तयारी थालेको थियो । तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृति नदिएकाले परीक्षा रोकिएको छ ।

प्रकाशित : २०७७ कार्तिक ४, मंगलवार १६:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ