सरकार अमानवीय बनेको भन्दै विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा


टुडेखोज, काठमाडौं : सरकार अमानवीय बनेको भन्दै प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

महाचिव विप्लवले आज विज्ञप्ती जारी गरी यही कात्तिक १५ देखि २० गतेसम्मका लागि संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको विप्लवले जनाएको छ ।

संघर्षका कार्यक्रम अन्तर्गत कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने विप्लवद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विप्लवले वर्तमान सरकार र राष्ट्रपति हदैसम्म गैरजिम्मेवार बनेको आरोप समेत लगाएका छन् । सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु अझै जटिल बन्दै गएको विप्लवको ठहर छ । कोरोनाको निःशुल्क परीक्षणबाट पन्छिएर सरकार अमानवीय बनेको आरोप विप्लवले लगाएका छन् ।

सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विप्लवले माग गरेको छ ।

हेर्नुस् विज्ञप्ती :

प्रकाशित : २०७७ कार्तिक ५, बुधबार १०:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ