लालबन्दीबाट १५ किलो गाँजासहित दुई पक्राउ


टुडेखोज, सर्लाही : सर्लाही प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका २ का २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतो छन् ।

उनी दुबै जना १५ किलो गाँजासहित लालबन्दीबाट पक्राउ परेको सर्लाहीका प्रहरी प्रवक्ता मनद कुँवरले जानकारी दिए । उनका अनुसार प्रदेश २–०–३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा गाँजा बरामद भएपछि महतोद्वय पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरु कहाँबाट गाँजा ल्याउदै थिए भन्ने विषयमा केहि खुलेका छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक ५, बुधबार १३:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ