कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि हुने


काठमाडौं : कोरोना महामारीका कारण लामो समयदेखि स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका र कार्यविधि तयार भएको जनाएको छ । सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको छ ।

परीक्षा समय विहान ८ बजे सुरु हुनेछ । शनिबारसमेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न गर्ने बोर्डले जनाएको छ ।

यसैबीच परीक्षा बोर्डले कोरोना संक्रमित विद्यार्थीलाई परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिनेछ ।

प्रकाशित : २०७७ कार्तिक ५, बुधबार १८:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ