बडा दशैंको आज छैठौं दिन : माता कात्यायनीको पूजा गरिँदै


टुडेखोज, जनकपुरधाम : बडा दशैंको आज छैठौं दिन माता कात्यायनीको पूजा गरिँदैछ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ ।

यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् । तत्पश्चात उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् ।

राजर्षि जनककी पुत्री जानकी भएझैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भइन् । माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन् । उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ ।

अतिशक्तिशाली बाघमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ । देवी कात्यायनीको पूजाआराधनाका लागि आज देवीमन्दिर, शक्तिपीठ तथा दशैंघरहरुमा भक्तहरुको उपस्थिति देखिन्छ ।

प्रकाशित : २०७७ कार्तिक ६, बिहीबार ०७:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ