दुर्घटनामा दुई जनाको ज्यान गयो, ५ जना घाइते


टुडेखोज, कैलाली : कैलालीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएपछि लम्कीचुहा नगरपालिका १ का रंगप्रसाद न्यौपानेको मृत्यु भएको हो । घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार दुई जना घाइते भएका छन् । उनी दुबै जनाको उपचार भइरहेको छ ।

यस्तै कैलालीको बर्दगोरिया गाउँपालिका ४ निमुवा बोझीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा लम्की चुहा नगरपालिका ९ की ३५ वर्षीया भागरथी रेग्मीको मृत्यु भएको छ । एक जना घाईते भएका छन् ।

यता कैलालीमा निर्माणाधिन ६ लेन सडकखण्डमा बसले मोटरसाईकललाई ठक्कर दिदा २ जना घाइते भएका छन् । घाईते दुबैको अवस्था गम्भीर छ ।

प्रकाशित : २०७७ कार्तिक ६, बिहीबार १२:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ