भारतीय ‘रअ’ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच के के कुरा भयो ?


टुडेखोज, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ ।

बुधबार काठमाडौं आइपुगेका रअ प्रमुख गोयल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर भेट भएको पुष्टि गरेका हुन् । भेटका क्रममा गोलयले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने र समस्याहरूको वार्ताद्वारा समाधान गर्ने विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उल्लेख गरेका छन् ।

उनका अनुसार पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा पनि रअ प्रमुख गोयलले आफ्नो धारणा राखेका थिए । प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित नौजनाको टोली बुधबार काठमाडौं आएको थियो ।

प्रकाशित : २०७७ कार्तिक ६, बिहीबार १४:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ