धम्की दिएर चन्दा असुली गरेको आरोपमा २ जना पक्राउ


टुडेखोज, बाँके : धाकधम्की दिई चन्दा असुली गरेको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोट त्रिवेणी गाउँपालिका ९ का ३० वर्षीय राम तिरुवा र कालिकोट नरहरीनाथ गाउँपालिका ६ का भरत बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

तिरुवा र बिकले बाँके जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका विभिन्न वडामा धाकधम्की दिई चन्दा असुली गरेको सुचना पाएपछि उनी दुबै जनालाई नगद १२ हजार रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनी दुबै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७७ कार्तिक ६, बिहीबार १४:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ