तस्करद्वारा मारिएका दुई प्रहरीका परिवारलाई २/२ लाख सहयोग


टुडेखोज, कैलाली : तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २/२ लाख रुपैया सहयोग गर्ने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहीबार बसेको बैठकमा मृतक दुवै प्रहरीका परिवारलाई २/२ लाख रुपैया सहयोग गर्ने निर्णय गरिएको हो । तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरुको सन्तानका लागि खातामा राखिदिने जनाएको छ ।

तस्करी नियन्त्रण गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुखसमेत रहेका गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको तस्करहरुले हत्या गरी नदीमा शव फालेको थियो ।

प्रकाशित : २०७७ कार्तिक ६, बिहीबार १५:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ