भोलिबाट स्वास्थ्य मन्त्रालयको कोरोना सम्बन्धी मिडिया ब्रिफिङ नहुने


टुडेखोज, जनकपुरधाम : कोरोना संक्रमणबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङ दशैं बिदामा रोकिने भएको छ ।

आजको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । भोलि कार्तिक ७ गतेदेखि आगामी मंगलबारसम्म प्रेस ब्रिफिङ नहुने गौतमले जानकारी गराए ।

बुधबारबाट मिडिया ब्रिफिङलाई थप परिस्कृत रुपमा प्रस्तुत गर्ने गौतमले बताए । उनका अनुसार दशैं बिदाका बेलामा पनि यसअघि हुँदै आएका सामाजिक सञ्जाल, एप तथा वेबसाइटहरुमा भने नियमित समयमै कोरोनाको अपडेट हुनेछ ।

कोरोना संक्रमण सुरु भएदेखि नै स्वाथ्य तथा जनसंख्या मन्त्रालयले मिडिया ब्रिफिङ गर्दै आएका थिए ।

प्रकाशित : २०७७ कार्तिक ६, बिहीबार १६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ